जेबी दर्लामी
विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्वास्नी ल्यायो, दुईटा बच्चा जन्मायो अनि बाआमालाई दुश्मन ठान्यो र घर गाउँ र बाआमा छाडेर सहर पस्यो तर, समाजको यो ढाँचा एकदिन पक्कै ढल्नेछ ।’
समाजको यो रुप एकदिन ढल्ला नढल्ला तर आफ्नो आत्मा डुलिरहेको ज्यूँदो घर छाडेर अर्काको कंक्रिट घरको साँगुरो कोठामा जीवन बिताउन थालेको मैले पनि सत्र वर्ष भइसकेछ । २०५९ सालमा गाउँ छाडेर सन्धिखर्क आएको थिएँ । यहाँको समाज र वातावरणले मुग्ध बनाएको त पक्कै हो तर, त्यसभन्दा बढी यो ठाउँ छाड्न नसक्नुको कारण आफ्नै थियो । आफ्नो जीवन जस्तोसुकै भएपनि कमसेकम आफ्ना सन्तानलाई त केही सहज होस् भन्ने नै सायद सबै बाआमाको मन हुन्छ होला । त्यही परम्परागत सोचबाट म पनि मुक्त हुन सकिनँ । गाउँमा विद्यालय, अस्पताल, सडक, बत्ती, खानेपानी यी आधारभूत आवश्यकताका कुनै पनि संरचना नभएको अवस्थामा गाउँ फर्केर संघर्ष गर्ने आँट पनि ममा आएन होला । त्यही कारण त बसेँ हूँला यतिका वर्ष यो ठाउँमा !
तर बिडम्वना कस्तो हुन आयो भने आफ्नै गाउँ परदेश बनिदियो । यो ठाउँ त त्यसै परदेश छँदैछ । सन्धिखर्कमा यतिका लामो कालखण्ड बिताएँ । यहाँको हावापानी र ढुँगामाटोले पनि मलाई राम्ररी चिन्छजस्तो लाग्छ तर, यहाँका मान्छेहरूले मलाई चिन्दैनन् । केही सिमित साथीभाइबाहेक मेरा भन्नु यो ठाउँमा कोही छैनन् । अनि उता गाउँ पनि दिनदिनै परदेशजस्तो बन्दै गइरहेछ । मैले गाउँ छाड्ने बेलामा जन्मेका शिशुहरू अहिले सत्र वर्षका लक्का जवान बनेका छन् । त्यसपछि जन्मेका त कति छन्, मलाई थाहा पनि छैन । जब कहिलेकाहीँ गाउँ जान्छु, आफ्नै गाउँमा परिचयको संकट पर्छ । न ती युवाहरूले मलाई चिन्छन्, न त म नै उनीहरूलाई चिन्दछु । समयले बडो अप्ठेरोमा पारेर छाडेको अनुभव गर्छु र मौन रुवाईका साथ फर्कन्छु ।
हुँदाहुँदा भाइबहिनी पनि यतै आए । बाआमालाई गाउँमा छाडेर आफूहरू सहरमा बस्नु हाम्रो मनले दिने कुरै थिएन । बाआमा पनि आउनुभयो । सन्धिखर्कमा बनेका साँगुरा घरका अँध्यारा कोठाहरूमा हाम्रो परिवारले आश्रय लिन थाल्यो ।
हामीले त सोचेका थियौं, बाआमालाई सहरमा ल्याएर बडा राम्रो काम गरियो । उहाँहरूलाई गाउँ छाड्न लगाएर आफू सन्तान हुनुको महान कत्र्तव्य पूरा गरियो । तर, हामी कति गलत रहेछौँ । हामी कति मूर्ख रहेछौँ, अञ्जान रहेछौँ । यति कुरा बुझ्न हामीलाई धेरै वर्ष लाग्यो ।
बाआमाका लागि भला गर्ने नाउँमा हामीले त अपराध पो गरेछौँ । राजा बनेर गाउँभरिका मुद्दामामिला मिलाउँदै हिँड्ने बाबालाई हामीले आठ बाई दस फूटको कोठामा थुनेर परिचयविहिन बनाएछौँ । आफ्ना सँगीसाथीहरूसँग उन्मुक्त बनेर हाँसिरहेकी आमालाई हामीले मानिस हुनुको संवेदना नै गुमाएको ठाउँमा ल्याएर छाडिदिएछौँ । खुबै सहरमा ल्याएर सुख दिएको भन्ठानेका थियौँ तर, हामीलाई के थाहा, हामीले त बाआमालाई डरलाग्दा जनावर बस्ने घनघोर जँगलमा पो ल्याएर अलपत्र पारेछौँ । हामीले आफ्नो मनले सक्ने मात्र सोचेछौँ तर बाआमाको ठाउँमा रहेर कहिल्यै सोचेनछौँ ।
करिब चार वर्षको सन्धिखर्क बसाईँपछि बाबाले एकदिन घर फर्कने कुरा गर्नुभो । घरबारी बाँझो नराखिदिने शर्तमा कसैको जिम्मा छाडेर आएका थियौँ । आफू बसेकोजस्तो त कहाँ पो हुन्थ्यो र ? बारीका कान्लाहरू बढेको, छेउछाउ बाँझै छाडिएको, घरमा लिपपोत नपुगेको आदि अनेक चिन्ता थियो बाबालाई । रित्तिएको गोठभरि फेरि गाईभैैंसी बाँध्ने रहर थियो । खोरभरि बाख्रा पाल्ने चाह थियो । करेसाभरि चरिरहेका कुखुराहरूको अभावले सताएको थियो । हामीलाई के थाहा ? हामी त बडा सहरबासी बनेका थियौँ । ज्यानमा अझैपनि गोबरको गन्ध आउँथ्यो तर आफैलाई खुबै सदरमुकाममा बस्ने सम्भ्रान्त ठानिरहेका थियौँ । अचानक घर फर्कने कुरा गरेर बाबाले हामीलाई हाम्रो औकात सम्झाइदिनुभयो । गाउँको घाम, गाउँको पानी, गाउँको क्षितिज र गाउँका मान्छे याद गराइदिनुभयो । आफन्त खोज्दै जहाँ जति भट्किएपनि आफ्ना मान्छेहरू त गाउँमै रहेको यथार्थ देखाइदिनुभयो ।
र गएको भदौ महिनाको झरीमय दिनमा बाआमा घर फर्कनुभयो । त्यसपछि भाइहरू धेरैपटक घर पुगेर, गाउँ डुलेर आएका छन् । घरमा कुखुराहरू हुर्कँदैछन् । बाख्राले एकैपटक दुईटा बच्चा जन्माएको त अस्ति आमाले नै फोनमा खुसी हुँदै सुनाउनुभयो । घरले फेरि घरको स्वरुप लिँदैछ । बाआमा बस्ने घर पो घर, अरु त सबै मूर्दाघर हो जस्तो लाग्छ ।
दशैंको पूर्णिमाका दिन गाउँका युवाहरूले आयोजना गरेको कार्यक्रममा पुगेको थिएँ । सहायक प्रमुख जिल्ला अधिकारीद्वय विष्णुराज बेल्बासे र विक्रम थापासित सँगै गएको थिएँ । बेल्बासे हाम्रै छिमेकी गाउँका, साविकको त एउटै गाविसका हुन् । जाँदैगर्दा उनको घरमा पस्यौं । बृद्ध उमेरका बाआमा मात्रै घरमा हुनुहुँदो रहेछ । भूकम्पले चर्काएको चीसो घरमा उहाँहरूलाई देख्दा मनभरि मेरै बाआमा देखा पर्न आउनुभो । आँसु थाम्न एकदमै गाह्रो भयो ।
बेल्बासे सरको पनि उही मनोस्थिति । घर त काठमाडौंमा पनि छ । आफू बसेकै कार्यालय नजिक राख्न पनि सकिन्थ्यो तर, बाआमाले माने पो ! बाआमालाई आफू खाइखेलेको ठाउँमै रमाउन मन छ । अन्त गएर एकैछिन पनि सन्तोषले बस्न सक्नुहुन्न । यही हो समस्या । अहिले नेपालभरिका बाआमा र तिनका सन्तानले भोगेको भावनात्मक दशा यस्तै होला । तर यो समस्या कुनै व्यक्तिले चाहेर भएको होइन । यो त राज्यले हामीमाथि बलात् थोपरेको हो । राज्यको पूँजीवादी चरित्र रहेसम्म यो समस्याको समाधान पनि कतै छैन ।
तर राज्य या प्रणालीलाई एकोहोरो दोष देखाएर आफ्नो कत्र्तव्य बिर्सने रोगबाट ग्रसित हुनु गलत हो । यो गल्ती हामी कहिल्यै गर्नेछैनौँ । हामीले सोचेका छौं, गाउँघरसितको आउजाउ र सम्पर्क बढाउँदै जानेछौँ । गाउँकै हावामा सास फेरेर बाआमाले खुसी भएको हेर्नेछौँ । अनेक बाध्यताले टाढा भएपनि दुःख पर्दा नजिक हुनेछौँ । निरन्तर फोनसम्वाद गर्नेछौँ । सन्तानहरू आफूबाट टाढा गएको भान बाआमाको मनमा कहिल्यै पर्न दिनेछैनौँ । हामी सँगै छौँ भन्ने आभास उहाँहरूलाई सधैं दिनेछौँ ।
रचना मिति ः २०७६ कात्र्तिक २९
०००